तुलसीपुर, १ फागुन ।  तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका पिता टेकवहादुर पाण्डेको सम्झनामा फलफुल वितरण गरिएको छ । सातौ दिनको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मा रहेका राप्ती बहिरा संघका बालबालिकाहरु र वडा नम्वर १२ मा रहेको वृद्धाश्रमका वृद्धहरुलाई प्रवक्ता श्याम डाँगीले फलफुल वितरण गरेका थिए ।

falful 1

बहिरा संघमा रहेका करिब १ सय जना र वृद्धाश्रममा रहेका ५ वृद्धहरुलाई फलफुल वितरण गरिएको हो । फलफलु वितरण कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष लक्ष्मण चौधरी, प्रेस संयोजक वसन्त विवश आचार्यको सहभागिता रहेको थिया । पाण्डेको माघ २४ गते सडक दुर्घटनामा परेर ७७ वर्षको उमेरमा निधन भएको थियो ।