जानकी दहित
दाङ । २३ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी दाङले जिल्लाका विभिन्न ठाउँमा दिप प्रज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । फाल्गुन १ गते महान जनयुद्ध दिवसकोअवसरको पूर्वसन्ध्या आज साँझजिल्लाका १० ठाउँमा एकै साथ शहिदहरुको सम्झना स्वरुप दिप प्रज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको हो । दाङका तुलसीपुर, घोराही, लमही, भालुबाङ लगायतका ठाउँहरुमा जनयुद्ध सुरुवातको दिनलाई सम्झना गर्दै बाँकी कार्यभार पूरा गर्ने उद्कोषका साथ दिपावली तथा कोण सभा कार्यक्रम गरिएको नेकपा दाङले जनाएको छ ।

28001172_1191201131013987_1154996756_nयसैक्रममा नेपाल कम्युनिष्ट पार्टी तुलसीपुर नगर कमिटिको आयोजनामा तुलसीपुको विरेन्द्र चोकमा दिपप्रज्वलनपछिको कार्यक्रमलाई तुलसीपुरका इन्चार्ज किरण डाङीले सम्बोधन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनयुद्धको मर्म र भावनालाई धोका दिएर केहि नेताहरुले प्रतिक्रयावादी सत्तामा पतन गराएपनि त्यसलाई आफूहरुले पूरा गरि छाड्ने बताउनुभयो । जनताको व्यवस्था स्थापनार्थ सुरुवात भएको जनयुद्धको लक्ष्यअनुसार अहिले पनि आफूहरुले जनसत्ता सुदृढ गर्दै जनताको सेवा र न्यायको लागि लागिरहेको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य विकास वलीले गर्नुभएको थियो । यसैबीच घोराहीमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीको संयुक्त आयोजनामा दिप प्रज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । घोराहीको तुलसीपुर चोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका घोराही इन्चार्ज बिहानी थारुले जनयुद्धको लक्ष्य र उदेश्यलाई एकिकृत जनक्रान्तिको कार्यदिशाले मात्र पूरा गर्ने बताउनुभयो । दलाल पुजीवादी संसदीय व्यवस्थाले जनयुद्धको मर्म भावनालाई कुल्चेकाले जनयुद्धका अधुरा र अपूरा कार्यभार पुरा गरेरै छाड्ने उद्घोष गर्नुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी चौधरीले राष्ट्रियता र जनअधिकारका लागी क्रान्तिकारीहरु एक ढिक्का भएर लाग्ने बताउनुभयो ।

27867176_1236282076474444_5529184980510204155_n

एक थरिका मान्छेहरु जनयुद्धको सपनालाई लत्याएर वामगठबन्धनको भ्रम दिएर दामबन्धन गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल कम्युष्टि पार्टी दाङका सेक्रेटरी विक्रमले २३ औं जनयुद्ध दिवसको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश पनि वाचन गरिएको थियो । कार्यक्रमको सञ्चालन घोराही सेक्रेटरी जनक विकले गर्नुभएको थियो । त्यस्तै लमही भालुबाङमा पनि दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।