जनताको अधिकार सुनिस्चितताका लागि भन्दै नेपालमा चलेको दश वर्ष लामो जनयुद्धमा हजारौंले बलिदान गरे हजारौं अंगभंग तथा हजारौं बेपत्ता भए । तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध चरम उत्कर्षमा पुग्यो, जनयुद्धमा टेकेर भएको जनाआन्दोलनका कारण राजा ज्ञानेन्द्रले सासन सत्ता छोडे अनि जनयुद्धको म्याण्डेट अनुसार देशका सात राजनीतिक दलहरुको सहमतीमा देशमा अन्तरिम सरकार गठन भयो । पछि विभिन्न चरणमा गर्दै अहिले मुलुकमा गणतन्त्र स्थापना हुनुका साथै देशमा माओवादीले २३ औं जनयुद्ध दिवस मनाइरहँदा मुलुक संघीय संरचनाको अभ्यासमा पनि गइसकेको छ । यसैक्रममा प्रस्तुत छ माओवादी केन्द्रका प्रभावशाली नेता एवं दश वर्षे जनयुद्धदेखि शान्ति प्रक्रिया, संबिधान निर्माण तथा बर्तमान राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग इन्द्रेणी अनलाइनका सम्पादक केशरमान बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश ।
आज २३ औं जनयुद्ध दिवस , जनयुद्ध दिवसलाई कसरी सम्झनु भएको छ ?
जनदुद्ध एउटा नेपाली राजनीति इतिहासमा नेपाली समाजलाई परिवर्तन गर्नका लागि उठाइएको एउटा ठूलो महान युद्ध हो । यसले नेपाली राजनीतिको सत्ता परिवर्तन गर्ने, राजनीतिक परिवर्तनका एजेण्डाहरुलाई कार्यसूचीमा ल्याउने र नेपाली जनतालाई अधिकारका निम्त्ति सचेत गराउने एउटा ठूलो अभियानका रुपमा लिएका छौं, यसरी जनयुद्धलाई म सम्झना चाहान्छु ।
तपाइँ त जनयुद्धको एउटा महत्वपूर्ण स्तम्भ जनयुद्धका ऐजेण्डाहरु के(के थिए ती पूरा भएको जस्तो लाग्छ ?
जनयुद्धको एजेण्डा भन्नले पूरानो सत्तालाई अन्त्य गर्ने र नयाँ सत्ता स्थापना गर्ने शुरुको यो एजेण्डा थियो तर दश वर्षसम्म युद्ध लड्दैजाँदा कम क्षति होस र वढी उपलव्धी होस भन्ने ध्ययका साथ हामीले काम गर्नुप¥यो । हामीले देश भित्रको प्रतिक्रियावादी शक्तिलाई त हामीले जितेकै थियौं । तर विडम्बना नेपालको साज्यसत्ता देशकै अर्थात आफ्नो खुट्टामा मात्रै उभिएको देखिनौं र जनयुद्धलाई दवाउन बाहिरी शक्ती पनि लागेको देखेपछि हामीले शक्ति सन्तुलनको प्रक्रिया अर्थात वार्ता सम्बादहरु शुरु गरिउ वार्ता तथा सम्बादबाट एउटा साझा विन्दुमा पुग्ने कोसिस गरिउ र पुगिउ भन्ने लाग्छ । वास्तवमा जनयुद्धको एजेण्डा संविधानसभाबाट संविधान निर्माण र संविधान सभाबाट राज्यको पुर्नसंरचना गर्नु नै हो त्यसमा गणतन्त्र, संघीयता धर्मनिरपेक्षता समानुपातिक र समावेसि प्रतिनिधित्वको कुरा पछाडिपरेका जातजातिहरुको प्रतिनिधित्वको ग्यारेन्टी गर्ने कुरा प्राप्त गरेका छौं । यसो भन्दैमा जनयुद्धले खोजेका सबै कुरा आइसक्यो भन्ने होइन तर महत्वपूर्ण राजनीतिक र परिवर्तनका एजेण्डाहरु संस्थागत भएका छन् ।
तपाइँहरुबाटै चोइटिएको एउटा शक्ति अर्थात विप्लव माओवादी जनयुद्धका एजेण्डा पूरा भइसकेका छैनन् भन्दैछ नि रु के फेरि जनयुद्ध सम्भव छ ?
क्रान्तिको सबै सपना पूरा भएको छ भन्ने होइन । राजनीतिक अधिकार सबै अहिले नै जनताको हातमा सत्ता आइसक्यो भन्ने पनि होइन । अझ भन्दा मेरो दिमागबाट क्रान्ति डिलिट भएको पनि छैन तर यति भन्दैगर्दा सबै क्रान्ति एउटैबाट र पूरानै बाटोबाट मात्रै सम्भव छ भन्ने होइन । खास गरी जनयुद्धको सपना देखिरहनुभएका विप्लव जीहरु अहिलेको नेपाली समाजको विद्यमान अवस्था परिस्थितको मुल्याकन गर्नु सक्नुभएको छैन । जनताको चेनतास्तरलाई पनि मुल्याङकन पनि गर्नुपर्ने हुन्छ । हामी अहिले क्रान्तिको फरक मिसनमा छौ भन्ने नै हो । हामी त्यही बाटामो छौं तर उहाँहरुले पूरानै ढर्राले काम हुन्छ भन्ने सोच्नु भएको छ तर समय पुरानो होइन , त्यो अहिले सम्भव छैन । तर त्यही जे काम गरेका थियौं त्यो गौरवमय छन् । अब यो कार्य जुन मोर्चाबाट सफल हुन्छ त्यसमा हामी अगाडी बढिरहेकाछौं र हामी विश्वस्त पनि छौं सफल हुने कुरामा ।
अब अलिकति समसामयिककुरा गरौँ माओवादी र एमालेबीचको पार्टी एकता हुने कुरा कहाँ पुग्यो ?
पार्टी एकताको कुरा निकै घनिभूत रुमपा अगाडी बढिरहेकोछ । अब पार्टी एकताको कुनै विकल्प छैन । हिजो मात्र दुवै पार्टीका अध्यक्षका बीचमा भएको महत्वपूर्ण कुराकानी सकारात्मक मोडमा अगाडि वढेको छ । गएको चुनावमा पनि दबै पाटी तालमेतमा उठेको र प्रदेशलगातका संघीय संरचनामा पनि तालमेल गरेको र त्यस अनुसार पनि जनादेश प्राप्त भएको संकेत चुनावले दिइसकेको छ । मलाई हाम्रो अध्यक्ष ज्युले जानकारी गराए अनुसार हिजो मात्रै वसेको दुई अध्यक्षको वार्ता अत्यन्त सकारात्मक भएको छ । छिटोभन्दा छिटो पार्टी एकीकरण हुन्छ ।
नयाँ जनादेश पाए पनि सकार गठनमा ढिलाई भइरहेको छ । तयारी कस्तो छ ?
प्रतिनिधि सभाको चुनाव सम्पन्न पछि समानुपालिकतर्फको मतपरिणाम आइसकेको छ । सम्भवत भोलिसम्म निर्वाचन आयोगले त्यो सबै परिमाण बुझाउदैछ । यसो भयो भने निर्वाचनको सबै प्रक्रिया पूरा हुन्छ र नयाँ सरकार बन्ने प्रक्रिया शुरु हुन्छ । अब वामपन्थीहरुको सरकार बन्नेमा कुनै दुई मत छैन ।
अन्त्यमा केही भन्नु छ कि ?
सर्व प्रथम त मा आजको गौरवमय दिनमा देशमा आमुलपरिवर्तनको स्वर्णिम सपना देख्दै जनयुद्धमा होमिएर रगतको आहुती दिने सम्पूर्ण सहिदहरु, जनयुद्धका घाइते तथा बेपत्ता योद्धाहरु प्रति उच्च सम्मान व्यक्त गर्न चाहान्छु । अनि देश परिवर्तनका लागि जीवन लाई हत्केलामा राखेर जनयुद्ध तथा परिवर्तनका लागि भएका सम्पूर्ण आन्दोलनमा होमिनुहेका नेता कार्यकर्ता सुभेच्छुक तथा आम नेपाली जनताहरुलाई २३ औं जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना दिदै तपाइँ र तपाइँको मिडियालाई धन्यवाद दिनाचाहान्छु ।