इन्द्रेणी संवाददाता
धादिङ, २७ माघ । फेरि त्रिशुलीमा गाडी खसेको छ । कपिलवस्तुबाट काठमाडौंं जाँदै गरेको बा १ झ ३१४० नम्बरको सरकारी गाडी धादिङको सलाङघाटबाट त्रिशुली नदीमा बेपत्ता भएको हो ।

busसिँचाई मन्त्रालयका सचिब रामानन्द यादबसहित तीनजना चढेको गाडी सडकछेउको पर्खाल भत्काएर त्रिशुली खसेर बेपत्ता भएको हो ।

बेपत्ता हुनेहरुमा सचिव यादव, उनका छोरा सन्तोष यादब र नाम नखुलेकी एक किशोरी रहेका छन् । चालक निरन्जन यादवको घाइते अवस्थामा उद्दार गरी उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको छ । उद्दारकार्य जारी रहेको छ ।