केएम निष्ठुरी
दाङ २७ माघ । नेपाली सांगीतिक क्षेत्रमा रकस्टारका रुपमा सुपरिचित गायिका सरस्वती लामाले यतिबेला रक गायनमा चर्चा बटुल्दै छिन । कलाकारिता क्षेत्रको रक प्याटनमा गाउने लामाले विभिन्न स्टेज प्रोग्राममा दर्शकको भरपुर साथ पाउछिन । उडि जाने हावा गितबाट गायन क्षेत्रमा प्रवेस गरेकी रकस्टार लामाले अहिलेसम्म दर्जनौ चर्चित गीतहरुमा आफ्नो स्वर दिइसकेकी छिन् ।

saraswati lamaउडिजाने हावाले , उर्वशी जस्ता रक पप गीतको सफलता पछि चर्चामा आएकी लामालाई अहिले भने स्टेज प्रोग्रमामा भ्याई नभ्याई छ । पछिल्लो समय चर्चित पप रक गीतहरुमा स्वर दिएर नेपाली संगीत पारखी युवापीडिको मुटुको ढुकढुकी बनेकी लामाले आफ्नो नसा नसामा संगीतको भाव बग्ने गरेको बताउछिन ।

गीतसंगीतको उर्वरभूमि सोलुखम्बुमा जन्मिए पनि कर्मथलो काठमाडौंलाई बनाएकी लामाको शब्द र संगीतको तादाम्यबाट उत्कृष्ट स्वर दिने गायक गायिका मात्र व्यावसायिक कलाकार हुन् भन्ने धारणा छ ।  उनले स्टेजमा गाएको गीतको भिडियो युट्युबमा झन्डै ३ हप्तामा ४० लाख दर्शकले हेरिसकेका छन् ।

हेर्नुस भिडियो