स्थानिय भन्छन , अब उद्योग धन्दा संचालन गर्छौं
केशरमान बुढाथोकी
रोल्पा २६ माघ । नेकपा माओवादीका प्रभावशाली नेता तथा प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराको पहलमा रोल्पाको एक गाउँ नै झिलिमिली भएको छ । पुर्व उपप्रधान मन्त्री समेत रहेका नेता महराले रोल्पाबाट दोस्रो संविधान सभाको चुनाव जितेपछि निर्बाचन क्षेत्र बिकास कोषबाट १० लाख रुपैयाँ निकासा गरि सुरुवात गरेको लघु जलबिधुत आयोजनामा बैकल्पिक उर्जा प्रबर्धन केन्द्र कुमलटारको ४५ लाख ९० हजार स्थानिय समुदायको ९ लाख ७७ हजार , लक्षित समुहको ४ लाख ५० हजार र करिब १५ बराबरको श्रमदानबाट निर्माण गरिएको १८ किलोवाट बिधुतबाट रोल्पा नगरपालीका वडा न १० , धवाङका २१८ घर लाभान्वित भएका छन् ।

जलबिधुत उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिती तथा प्रतिनिधी सभाका सदस्य कृष्णबहादुर महराले देश अब बिकाश र समृद्धि तर्फ अगाडी बढेकाले अब गाउँ घरले मुहार फेर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेता महराले बर्षौं देखि अन्धकारमा बसेको यो गाउँले झिलिमिली भएपछी स्थानिय स्तरमा साना तथा घरेलु उद्योग संचालन गरि जनजीवन स्वाभाविक बनाउन लाग्नुपर्ने बताए ।
गाउँ नै झिलिमिली भएपछि अब कुटानी पिसानी तथा फर्निचर उद्योग खोलेर गाउँले लाई सुबिधा दिने आफुहरुको योजनामा भएको स्थानिय मानबहादुर बुढाले बताए ।यस्तै बत्ती गाउँ मै आएपछि आफ्नो गाउँलाई अन्धकार बाट मुक्त गराउन पहल गर्ने सबैलाई धबाङ्गखोला लघु जलबिधुत आयोजना उपभोक्ता समितिको अध्यक्ष मोतिलाल डाँगीले धन्यबाद दिए ।











