चितवन, २५ माघ । चितवनको भरतपुर महानगरपालिका १ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारी नजिकै सडक मर्मत गर्ने क्रममा रोलरले च्यापेर एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार को १ क ४७८ नंको रोलरले आज बिहान काम गर्ने क्रममा डुम्रे घर भएका तेस्रोलिङ्गी कृष्ण गुरुङलाई च्यापेको हो ।
रोलरले च्यापेपछि घाइते गुरुङलाई भरतपुर अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।











