इन्द्रेणी संवाददाता
दाङ, २५ माघ । नारायणपुर उद्योग वािणज्य संघको आयोजनामा दाङको नारायणपुरमा सञ्चालित व्यापारिक कृषि तथा पर्यटन महोत्सव सकिएको छ ।

durgeshमाघ १२ गतेदेखि सञ्चालन भएको महोत्सव करीव दुई करोडको आर्थिक कारोवार गर्दै सम्पन्न भएको आयोजक संस्था नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजनक समितिका संयोजक महेन्द्र दाहलले जानकारी दिए ।
महोत्सवको समापन पूर्व सांसद राजु खनालले गरेका हुन् । महोत्सवमा करीव एक लाख दर्शकले अवलोकन गरेको समेत आयोजकले बताएको छ ।

‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका आयोजना गरिएकोे महोत्सवमा विभिन्न दुई सय भन्दा वढी स्टलहरु राखिएको थियो । आयोजकले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।