ताइवानमा गएराति गएको भूकम्पका कारण जनजीवन अस्तव्यस्त भएको छ भने दर्जनौं मानिसको मृत्यु भएको छ र सयौं घाइते भएका छन् । साथै ठूलो भौतिक क्षति भएको छ ।

vukampa

६.४ रेक्टर स्केलको भुकम्पका काररण निकै क्षति हुन पुगेका छन् । यसमा कैयौं मानिसहरुको मृत्यु भएको थियो भने २०० भन्दा बढी मानिस घाइते भएका छन् । भूकम्पका कारण कति घरहरु क्षति भए भने कति ठूल्ठूला बिल्डिङहरु धराशयी हुन पुगेका छन् । घरहरुमा फसेका धेरै मानिसको उद्दार गरिएको छ । तर अझै केही भग्नावेशषमा पुरिएको हुन सक्ने आशंका गरिएको छ । भूकम्पका कारण कति अपार्टमेन्टहरु ४५ डिग्रीको कोण बनाई ढलेका थिए ।

भूकम्पका कारण हुआलिएन शहरको मार्सल होटेल १० तलाका बिल्डिङ ग्राउण्ड फ्लोरमा ढली क्षति पुगेका छन् । जसका कारण बाँकी फ्लोर हावामा झुलिरहेका छन् ।

यस बिल्डिङमा धेरै संख्यामा मानिसहरु फसेका थिए, जसलाई निकाल्न निकै कोसिस गरिरहेका छन् । हुआलिएन प्रसिद्ध पर्यटन स्पोर्ट हो, त्यसैले यस बिल्ड्रिभित्र पर्यटकहरु पनि हुन सक्ने अनुमान गरिरहेका छन् ।

नेशनल फायर एजेन्सीका अनुसार भुकम्पका कारण सडकहरु पनि क्षतिग्रस्त हुन पुगेका छन् र इलेक्ट्रिसिटी पनि गायब भएको छ । हजारौं बिल्डिङमा पानीको सप्लाई पनि बन्द भएको छ ।

हुआलिएन शांगशियाओ रोग कम्युनिटी अपार्टमेन्ट पनि क्षतिग्रस्त हुन पुगेका छन् । यसको अपार्टमेन्टको पहिलो र दोस्रो तल्लो ढलेका छन् भने अपार्टमेन्ट ४५ डिग्रीको कोणमा झुकेको छ ।

शहरहरुमा भुकम्पका कारण चलिरहेको ब्रिज पनि ढलेका छन् । यसमा एक किशिंगटियन ब्रिज पनि परेका छन् । जबकी दोस्रो सुहुआ हाइवे एकपछि एक गर्दै ल्याण्डस्लाइड चल्दा हाहाकार मच्चिएका छन् । जसका कारण ट्रयाफिकले बन्द गरेका छन् ।

यसको साथै सेन्ट्रल क्रस आइल्याण्ड हाइवे पनि ल्याण्डस्लाइजको चल्न बन्द गरेका छन् । यो इलाकामा मात्र प्राविन्सियल हाइवे मानिसहरुको लागि खुला गरिएको छ ।