उदय बीसी
दाङ, २४ माघ । निर्वाचन आयेगको कार्यतालिका अनुसार आज सातवटै प्रदशेमा राष्ट्रिय सभाको निर्वाचन जारी छ । जसअनुसार प्रदेश नं. ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ ।
विहान १० बजेदेखि शुरु भएको मतदानमा प्रदेश नं. ५ मा रहेका १२ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका सदस्यहरुले मतदान गरिरहेका छन् ।
मतदान स्थलमा एउटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अर्काे प्रदेश सभाका सदस्यहरुको लागि गरी दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
प्रदेश नं. ५ मा १ सय ९ स्थानीय तह र ८७ प्रदेश सभा सदस्य गरी ३ सय ५ जना मतदाता रहेका छन् । ाष्ट्रिय सभाको ८६ सिटका लागि भइरहेको निर्वाचनमा यस प्रदेशबाट ८ जना निर्वाचित हुनेछन् । जसमा ३ महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।मतदान दिउसो ३ बजेसम्म हुनेछ ।