इन्द्रेणी संवाददाता
तुलसीपुर, २१ माघ । प्रदेश नम्बर पाँचको अस्थायी मुकाम दाङ हुन नसके पनि नेपाल नगरपालिका संघको प्रदेशस्तरिय छलफल कार्यक्रम तुलसीपुरमा गर्ने भएको छ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा हुने कार्यक्रममा प्रदेश नम्वर ५ का ७२ वटा नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र नेपाल नगरपालिका संघका केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहने नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।
माघ २३ गते तुलसीपुरको एकान्त होटलमा हुने कार्यक्रममा संघको विधानका वारेमा बृहत छलफल हुनुका साथै प्रदेश समिति समेत गठन गरिने नगरप्रमुख पाण्डेले वताए । प्रदेशका प्रमुख र उपप्रमुखको स्वागतार्थ तुलसीपुर उपमहानगरपालिकाले हरिपौरीमा आयोजना गरेको थारु महोत्सवमा प्रथम भएको नृत्य प्रस्तुत गरिने पनि नगरप्रमुख पाण्डेले वताए ।