इन्द्रेणी संवाददाता
दाङ, २१ माघ । दाङको घोराही उपमहानगरपालिकाले पनि नगरभित्र खरका छाना हटाउने अभियान सञ्चालन गरेको छ ।
उपमहानगरपालिका वडा नम्बर १६ ले वडाभित्रका स्थानीयहरुको खरले छाएका घरहरुमा टिन लगाउने प्रकृया सुरु गरेको हो । वडाभित्र रहेका ४८ घरधुरीमा खर र फुसको छानो भएको र ती घरहरुमा टिन लगाउने प्रकृया सुरु गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढाले जानकारी दिए ।
इञ्जिनियर मार्फत प्राबिधिक नापजाँच सकिएको र ती खरका छानो भएका घरहरुका छिट्टै टिनको व्यवस्था गरिने वडा कार्यालयले जनाएको छ । साथै अहिले वडा सचिब र प्राबिधीक मार्फत घरहरुको विवरण सँगै घरको साईजका बारेमा अध्ययन भैरहेको छ ।
आर्थिक अबस्था कमजोर भएकाहरुको मात्रै खरका छाना रहेको भन्दै वडा अध्यक्ष बुढाले स्थानियहरुले गोठमा समेत टिनको व्यवस्था गर्न माग गराखेको बताए ।
अहिले वडाका खरका छानो हटाएर टिन लगाउने कामका लागि करिब १४ लाख रुपैयाँ आबस्यक देखिएको छ ।
वडा कार्यालयले टिनको मात्रै व्यवस्था गर्ने र अन्य आबस्यक सामाग्रिहरुको व्यवस्था घरधनीले गर्नुपर्ने छ । खरको छानो हटाएर टिन लगाउन पाउने भएपछि स्थानियहरु खुसी भएका छन् ।











