इन्द्रेणी संवाददाता
माउन्टभ्यु कलेज घोराहीमा अखिल क्रान्तिकारीको भेला सम्पन्न भएको छ । भेलाले अभिषेक पन्तको अध्यक्षतामा एकाउन्न ५१ सदस्यीय कार्य समिती चयन गरेको छ । जसका उपाध्यक्षहरुमा विनिता पन्त , विकास नेपाली र आकाश विश्वकर्मा सचिवमा सिमा भण्डारी सहसचिवहरुमा श्रीधर रानाक्षेत्री , सविना आचार्य र शतिस अर्याल कोषाध्यक्षमा अप्सरा मिया रहनु भएको छ ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सन्तोष पोख्रेलको प्रमुख आतिथ्यता एवम दाङ जिल्ला संयोजक जंग रोकाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अखिल क्रान्तिकारी दाङका भेला आयोजक समिती सदस्य प्रदिप विष्ट , किशन वली , निश्चल केसीर अर्जुन विश्वकर्माले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन गिर वहादुर महराले गर्नु भएको थियो ।