इन्द्रेणी संवाददाता
दाङ, २१ माघ । घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को समय नजीकीदै गर्दा भौतीक निमार्णकार्य तिव्र पारीएको महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिए ।

mahotsab new picदाङ उद्योग वाणीज्य संघले घोराही उपमहानगरपालीका १५ स्थित जिल्ला समन्वय समीतीको पश्चिमतर्फको सालट्रेडीङको प्राङगणमा फाल्गुन ३ गते देखी १३ गतेसम्म आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ मा मुलआयोजक समीतीका संयोजक एवं दाग उद्योग वाणीज्यसंघका अधयक्ष नारायण प्रसाद भुसालले अवलोकनका लागी सवैलाइ आग्रह गरे ।

स्थानीय उत्पादीत सामाग्रीको वजारीकरण तथा लघुउद्यमहरुको विकास गर्ने माध्यमको रुपमा महोत्सवलाइ उपयोग गर्न आग्रह समेत गर्नुभएको छ। यसैविच महोत्सव मुलआयोजक समीतीका सहसंयोक एवं दाङ उद्योग वाणीज्यसंघका उद्योग उपाध्यक्ष वसन्त जोशीले महोत्सवको भौतीक निमार्ण कार्य युद्धस्तरमा भैरहेको बताए ।

यस वर्ष महोत्सवमा स्वदेशी उतपादीत वस्तुका सामाग्रीलाइ विशेष महत्व दिइने भएकाले स्टल वुकीङ गर्न जोशीले लघुउद्यमीहरुलार्इ आग्रह गरेका छन् । यसवर्षको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को नारा उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिरभरमुखी अर्थतन्त्रको निकास रहेकोछ। महोत्सवमा यसवर्ष अधिकतम २१२ स्टलहरु मात्र राखीएकाले स्टल वुकीङ गर्न पनी लघुउद्यमीहरुलाइ स्टल व्यवस्थापन उपसमीतीका संयोजक टंक प्रसाद पोख्रलले आग्रह गरे ।

यसैविच दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ अन्तरगत शोभायात्रा तथा वाल उद्यान उपसमीतीका संयोजक धनपती शर्माको अधयक्षता एवं महोत्सव निर्देशक एवं पुर्व अध्यक्ष ध्रुवराज श्रेष्ठभारीको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्ममा वोल्दै महोत्सव निर्देशक एवं पुर्व अधयक्ष भारीले महोत्सव सवैको साझा भएकाले यसलार्इ सफल पार्न सवैको दायीत्व भएको वताए ।
वैठकले महोत्सवलाइ सफल पार्न शोभयात्रा उपसमीती गठन गरेको छ। धनपती शर्मा संयोजक रहेको उक्त उपसमीतीको उपसंयोजकमा घोराही उपमहानगरपालीका वर्डा न १५ का वर्डा सदस्य दिलीप डी सी र सदस्यसचीवमा श्याम प्रकाश आचार्य रहेका छन् ।

यसैगरी उपसमीतीका सदस्यहरुमा सदस्यहरुमा श्यामप्रकास आचार्य, दिलकुमारी बुढा , जि वी चिन्तन , नारायन न्यौपाने , केशव भटराई, सतबहादुर राका, केशव भटराइ, नारायण न्यौपाने , राधा केसी, सुरेश कुमार शर्मा, दिपा खनाल, अमर वहादुर थापा, दिपक श्रेष्ठ, डा लोकराज पराजुली, गीर वहादुर घर्ती। लालवहादुर रावत लक्ष्मण चौधरी, रुपा वली, कृष्ण भुसाल, इन्द« डागी, रुपा वली, फनीराज पोख्रेल, फनीराज पोख्रेल, प्रदीप पोख्रेल, सुधाकर पोख्रेल, मीनराज घिमीरे, कमल वुढा लगाएत सम्पुर्ण टोल विकास सस्थाका पदाधिकारीलाइ स्वतह सदस्य मा राखीएको प्रचार प्रसार संयोजक माया कुमारी पोख्रेलले जानकरी दिए ।

यसैगरी उपसमीतीको सल्लाहाकारमाहरुमा तोरणध्वज श्रेष्ठ , डाः भोलानाथ योगी , विमला योगी, गणेश अधिकारी, रिषिराम शर्मा, चन्द्रप्रसाद चौधरी, श्रीमन न्यौपाने डाः शिवकुमार सुवेदी, रहेका छन भने सोभायात्रा समिति पनि गठन भएको छ ।