दाङ । नेपाल प्रहरीको रणनीतिक योजना अन्तर्गत आधुनिक प्रविधिको प्रयोग र विस्तार गर्ने लक्ष्य अनुरुप ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङमा रहेको Digital Radio Communication System सहितको कमाण्ड सेन्टरको आज संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्यालले समुदघाटन गरेका छन् ।
बिगत लामो समयदेखि प्रयोगरत Analog System सुरक्षाको दृष्टिकोणले बढ्दो प्रबिधिसँग असुरक्षित देखिएकोले समयसापेक्ष नविनतम संचार प्रविधि भित्र्याउने र सुरक्षित सूचना प्रवाह गर्न नेपाल प्रहरीको आधुनिकिकरणको नीति अनुरुप Digital Mobile Radio System प्रयोग तथा सञ्चालन गर्न लागिएको हो । जनउभारमा खबर छ ।
यो प्रविधिबाट DMR system सुरक्षित हुनुका साथै यसले GPS tracking पनि गर्दछ । Existing system facilities का साथै frequency Spectrum Efficiency मा वृद्धि, network धेरै busy भएको अवस्थामा duty वा field मा खटिएका प्रहरी कर्मचारीहरुले mobile phone मा जस्तो Private SMS / Group SMS / Group call, Audio call log, GPS log, mapping system आदिबाट सहजै सूचनाहरु संप्रेषण पनि गर्न सकिने, dispatcher system लगायतका प्रविधि facilities हरु उपलब्ध रहेका छन् ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी, सहज, र शुलभ बनाउन प्रविधिमा आएको स्तरोन्नति सहित सम्बन्धित प्रहरी कर्मचारीको कार्य सम्पादनमा समेत निष्पक्षता र स्वच्छता आउन जरुरी रहेको बताए ।
यसका साथै प्रविधिमा आएको परिवर्तनसंगै प्रहरीको कार्यमा समेत दिनानुदिन चुनौती थपिँदै गएको हुँदा उक्त चुनौतीहरुको सामना गर्दै प्रभावकारी कार्य सम्पादन गर्न प्रत्येक प्रहरी कर्मचारीलाई प्रविधिमैत्री बन्न समेत निर्देशन दिए ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजीव सुब्वा, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, जिल्ला न्यायाधीश हेमन्त रावल र प्रहरी अतिरिक्त महानिरीक्षक मधु प्रसाद पुडासैनीले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि, ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा माननीय जिल्ला न्यायाधीशलगायतको सहभागिता रहेको थियो ।