एक बोर्डिङ स्कुलका प्रिन्सिपलले कक्षा ४ का विद्यार्थीको हात नै जलाइदिए अभिभावकले बिरोध प्रदर्शन गरेकाछन । भारतको झारखण्डस्थित चक्रधरपुरका एक स्कुलका प्रिन्सिपलले मोमबत्तीले विद्यार्थीको हात जनाएका हुन । स्कुलमा चोरी भएको थियो । त्यो पनि दुई सय रुपैयाँ । त्यसकै सोधपुछ गर्ने क्रममा बालकको हात जनाएको हो ।
बालकको हात जलाएपछि अभिभावकले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रिन्सिपललाई कारवाही गर्न माग गरेका छन् । त्यसपछि स्थानीय प्रशासनले छानविन कमिटी बनाएको छ । र प्रिन्सिपलका विरुद्ध प्रहरीमा उजरी दर्ता गरेको छ ।











