नारायणपुर, १७ माघ । नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा चर्चीत कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल र रामजी खाँड आउने भएका छन् । नेपाली संगीत क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु महोत्सवमा प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
चर्चीच लोक तथा दोहोरी गायक पशुपति शर्मा, सुगम संगीतका लोकप्रीय गायक प्रमोद खरेल र लोक दोहोरी लोकप्रीय गायक पशुपति शर्माको महोत्सवमा प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिए ।
महोत्सवमा विहीवार लोक तथा दोहोरी गायक पशुपति शर्मा सहित लोकदोहोरी गायीका भूमकिा गिरीको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिए । यस्तै शुक्रवार सुगम संगीतका लोकप्रीय गायक प्रमोद खरेलको प्रस्तुति रहने छ ।
शुक्रवार खरेलसँगै मोडल विनु खड्काको प्रस्तुति रहने छ । माघ २० गते शनिवार लोक तथा दोहोरी क्षेत्रका लोकप्रीय एवंं चर्चीत गायक रामजी खाँडको प्रस्तुति रहने छ । शनिवार रामजीसँगै गायीका तथा मोडल प्रीति आलेको प्रस्तुति रहने सांस्कृतिक संयोजक बस्नेतले जानकारी दिए ।











