इन्द्रेणी संवाददाता
नारायणपुर, १६ माघ । दाङको नारायणपुरमा सञ्चालित व्यापारिक तथा पर्यटन महोत्सवमा रौनक्ता थपिदैछ । महोत्सवमा दैनिकजसो दर्शकहरु संख्या थपिदै गएको छ भने विभिन्न कलाकाहरुको संस्कृतिक संस्तुतीले दर्शकको मन तान्न सफल भएको छ ।

mahotsavहिजो मात्रै मेक्सम खाती जस्ता लोकप्रिय कलाकाहरुले आफ्नो प्रस्तुतीमा दर्शकहरुलाई छमछमी नचाए । भने आज पनि विभिन्न कलाकाहरुको प्रस्तुती रहने आयोजनकले जनाएको छ । नारायणपुर उद्योग वािण्ज्य संघको आयोजनामा माघ १२ गतेदेखि सञ्चालन भएको महोत्सव २३ गतेसम्म चल्नेछ ।
मंगलवारका कलाकारहरु
नारायणपुर महोत्सवका मंगलवार हट गायिका ज्योतिमगरसहित कलाकारहरुको प्रस्तुती रहने भएको छ । ज्योतिसँगै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिए ।

त्यस्तै लोकदोहोरी गायक सन्दिप न्यौपाने, गायक एवं संगितकार यादव योगी, रुपा घर्ती मगर, शरद समीप, टोपेन्द्र विष्ट, गोमा रिजाल, मनोज गोपाल लगायतको आउने छन् ।