इन्द्रेणी संवाददाता 

तनहुँ, १६ माघ । पोखराबाट दमौली आउने क्रममा तनहूँ जिल्लाको म्याग्दी–७ निवासी १७ वर्षीय सन्दीप श्रेष्ठको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ । ग १ ख ३७३८ नंको ट्रक अनियन्त्रित भएर पल्टिँदा ट्रकमा सवार श्रेष्ठको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दमौलीका प्रमुख उमेशराज जोशीले जानकारी दिनुभयो । घाइतेको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।