इन्द्रेणी संवाददाता
दाङ १५ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले फागुनमा ‘दाङ व्यापारिक कृषि एवं पर्यटन महोत्सव तथा प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी’ मेलाका लागि स्टल वुडिङ खुल्ला गरिएको छ ।
महोत्सवका लागि आज मात्रै पाँच वटा स्टल वुकिङ भइसकेको स्टल व्यवस्थापना समितिका संयोजक टंकप्रसाद पोख्रेलले बताए । महोत्सवमा लघुउद्यका स्टलहरुलाइ विशेष प्राथमिकता दिने भएकाले स्थानीय उद्यमी तथा समुहहरुलाई स्टल वुकिङका लागि संघले आह्वान गरेको छ ।
अहिले स्टल बुकिङ गर्दा स्टल शुल्कको ५० प्रतिशत रकम भुक्तान गर्नु पर्ने,महोत्सव शुरु हुदा फाल्गुण ३ गतेका दिनसम्म स्टल शुल्कको पुरै रकम भुक्तान गरिसक्नुपर्ने छ ।