केशरमान बुढाथोकी

माघ, १४ । नेकापा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता निर्मल महरा एटमको बिशेष पहलमा देशको हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर स्थापना हुने भएको छ ।

nirmal mahara atom

अहिलेसम्म संचार सुबिधा नपुगेको डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका वडा नं ५ र ६ मा अब नेपाल टेलिकमको नमस्ते मोबाइलको फोन संचालन हुने छ । दुर्गम तथा हिमाली जिल्लाका बासिन्दाहरुलाई संचार संग जोड्नका लागि नेता महराले नेपाल टेलिकमका डाइरेक्टरलाई पटक-पटक भेट गरि टावर स्थापना गर्न दबाब दिएका थिए ।

नेता एटमको दवाव पछि टेलिकमले मोवाइल टावर ठुलीभेरी नगरपालिका वडा नं ६ मा पर्ने रिनपुले डाँडामा राख्ने भएको छ । मोवाइल टावर स्थापना गर्ने स्थानको सर्वे गरेर निर्माण सामाग्री जहाज चार्टर गरेर डोल्पा पुर्‍याइइ सकेको छ ।

डोल्पाको अन्य विभिन्न स्थानहरुमा तीन चार वर्षबाट मोवाइल टावर सञ्चालनमा रहेपनि उक्त दुई वडामा भने अहिलेसम्म पनि मोवाइल सेवा थिएन । मोवाइल सेवा संचालन भएपछि आफन्त संग फोन सम्पर्क गर्नकै लागि एक दिन हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता टरेको भन्दै स्थानीयवासीहरुले खुशी ब्यक्त गरेका छन् ।

united montessori add