घोराही, १४ माघ । घोराही उपमहानगरपालिका भित्रका नगरवासीहरुले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् । नगरवासीहरुलाई स्वास्थ्य सेवामा सहज पु¥याउने उद्देश्यले प्रथम नगर सभाबाट पारित ‘एक वडा, एक स्वास्थय केन्द्र’ नीति अनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो ।
उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्रका संञ्चालन गर्दै स्थानियहरुलाई आफ्नै वडामा स्वास्थ्य सहजरुपमा स्वास्य सेवा पु¥याउन योजना सहित आगडी बढेको छ । सोही अनुरुप स्थापना हुन बाँकी रहेका ठाउँहरुमा नयाँ स्वास्थय केन्द्र स्थपना गर्ने भएको छ ।
जसअुनसार वडा नम्बर १ मा काडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं. १७ मा हरिद्धार नगर स्वास्थ्य केन्द्र, वड नं.६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं. ३ तीनमा झिंगनी नगर स्वास्थ्य केन्द्र, वड नं. १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने भएको घोराही उपमहानगरपालिकाले जानकारी दिएको छ ।
त्यस्तै नगर स्वास्थय केन्द्रका लागि नयाँ भवन निमार्ण गर्न छ वटा नगर स्वास्थ केन्द्रको लागि ६० लाख बजेट विनियोजन गरेको छ । जस अनुसार वडा नं. १८ स्थीत हत्तिखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्धार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र, आन्द«ाभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगरस्वास्थ्य केन्द्रका लागि ११ लाख छुट्टाएको छ भने घोरदौरा नगर स्वास्थ केन्द्रका लागि पाचँ लाख बजेट विनीयोजन गरीएको छ ।
यसैगरी प्रथम नगरसभाबाटै पारीत वडा नं १ मा हर्नाेक बाह्य खोपकेन्द्र, वडा नं १९मा पाचँपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरा बाह्य खोपकेन्द्र रहने भएको छ । घोराही उपमहाँनगरपाकिाले यिनै खोप केन्द्र निमार्णका लागि प्रत्येक खोप केन्द्रमा तिन लाख बजेट छुट्याईएको छ ।
सहरी स्वास्थय प्रबन्धन केन्द्र रामपुर
घोराही उपमहानगपलिकाले रामपुर स्थीत स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी सहरी स्वास्थ्य प्रर्बन्धन केन्द्रका गरिने भएको छ । घोराही उपमहानगरपालिका–२ रामपुरमा स्थीत उत्त स्वास्थ्य चौकीलाई स्तरबृद्धी गरी प्रबन्धन केन्द्रंका रुपमा संञ्चालन गरीने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । प्रबन्धनमा केन्द्रभएसंगै अब एमबी बी एस डाक्टरबाट उपचार सेवा प्रवाह गरिने भएको छ । प्रबन्धन केन्द्रमै ल्याब सहित, औषधी सहितको व्यस्था हुने छ ।











