इन्द्रेणी संवाददाता
दाङ, १३ माघ । ज्येष्ठ नागरिकको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने १९ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । आज शनिवार घोराहीको तेरौटेमा ज्येष्ठ नागरिक सरोृकार केन्द्र दाङले आयोजना गरेको पाँच नम्बर प्रदेश स्तरीय ज्येष्ठ नागरिक सभा एवं सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मान हुनेहरुमा नारायणप्रसाद शर्मा, देबहादुर केसी, एकराज र्मा, रिमानन्द पाण्डेय, हरिदेवी गौतम, खिमकुमारी श्रेष्ठ, पूर्णकुमारी पुन, भगवती चौधरी, केशरी घिमिरे, सीतादेवी घिमिरे, रामबहादुर कुवर, सोमनाथ शर्मा रहेका छन् । त्यस्तै तेजकुमारी शाह, निमा योगी, सुशीला गौतम, नारायणप्रसाद गौतम, प्रेम लोहनी, दाममादर न्यौपाने र सुशीला घर्ती रहेका छन् । सम्मान हुनेहरुमा केही सहयोगी
दातादाहरु रहेका छन् भने कोही बृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण योगदान दिने व्यक्तित्व रहेका छन् । उनीहरुलाई कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, विशिष्ठ अतिथि ज्येष्ठ नागरिक सरोकार संघ प्रदेश नम्बर पाँचका अध्यक्ष वेनबहादुर पौडेललगायतका अतिथिहरुले प्रमानपत्र र दोसल्लाले सम्मान गरेका थिए ।
ज्येष्ठ नागरिक सरोकार केन्द्र दाङका अध्यक्ष भोलानाथ योगीको अध्यक्षतामा भएको कार्यधक्रममा संगठानिक प्रतिवेदन सचिव माघवप्रसाद लम्सालले प्रस्तुत गरेका थिए ।