इन्द्रेणी संवाददाता
धनुषा १३ माघ । धनुषाको गणेशमान चारनाथ ८ पोर्तहामा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो पोर्तहामा आज बिहान ५ बजे दुर्घटना भएको हो ।
मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी , मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।











