इन्द्रेणी संवाददाता
कपिलवस्तु, १२ माघ । जिल्लाको कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार हृदयाघातका कारण मृत्यु भएको छ । एमालेका जिल्ला कमिटी सदस्य एवं ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको आज बिहान रामघाटमा दाहसंस्कार गरिने एमालेका जिल्ला सदस्य युवराज पोख्रेलले जानकारी दिनुभयो ।