इन्द्रेणी संवाददाता 

बागलुङ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवेन्द्र पौडेलसहित तीन जनामाथि मध्यरातमा आक्रमण भएको छ । बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद माओवादी नेता पौडेल गृहजिल्लामा आफ्नै कार्यकर्ताले बुर्तिबाङ्गको एक होटेलमा कुटिएका छन् ।

devendra paudel

बिहीबार राती ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजार स्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले नेता पौडेल र बागलुङ २ प्रदेश सभा (ख) का सांसद टेकबहादुर घर्ति मगरलाई कुटपीट गरेका हुन। सांसदद्वयसँगै पौडेलका अंगरक्षकलाई समेत अर्यालले हात हालेका थिए ।

अर्याललाई पार्टीले पटक–पटक झुठा आश्वासन दिंदै आएको भन्दै उनले कुटपीट गरेको स्वीकार गरेका छन् । सांसदद्वलाई कुट्नुका कारण स्वीकार्दै अर्यालले भने, ‘चुनावताका दीनानाथहरूले के भनेका थिए ? अहिले क्षेत्र खाली छ । म आफ्नो स्वाभिमानमा छु । हामीलाई दास बनाउँदाको अभिव्यक्ति हो ।’ २०७० को संबिधानसभा सदस्य निर्वाचनमा माओवादीतर्फबाट थोरै मतले पराजित अर्याल यसपटक पनि टिकटका लागि सिफारिसमा परेका थिए ।

united montessori add