काठमाडौँ, १२ माघ १२ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।

parcnada wwआज आफ्नै निवास खुमलटारमा राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहितका विद्यार्थी नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष दाहालले भने–“युवा विद्यार्थी भनेका आफैँमा जिज्ञासु, प्राविधिक रुपमा समेत सचेत वर्ग भएकाले देश विकासमा यही समूहलाई नेतृत्व दिन तयार हुनुपर्छ । राजनीतिक क्रान्ति सम्पन्न भएको छ, आर्थिक क्रान्तिका लागि अब युवा नै अग्रसर हुनुपर्छ” ।

उनले तराई– मधेशको माग सम्बोधन गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न वाम गठबन्धन तयार रहेको बताए । शान्तिपूर्ण रुपमा तराई–मधेशको मागलाई संविधानको दायराबाटै पूरा गर्न सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले भने “मधेशलाई विकास र समृद्धि चाहिएको छ, वामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।”

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेद्को सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताए ।
सो अवसरमा नवप्रवेशी साहले माओवादी पार्टी नै मधेशी जनताको अधिकारको पक्षमा लड्ने भएकाले आफूहरुले पार्टी प्रवेश गरेको र निरन्तर क्रियाशील हुने बताए ।