इन्द्रेणी संवाददाता
काठमाडौं १० माघ । यहि माघ २४ गतेका हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मनोनय दर्ता सम्पन्न भएको छ । राष्ट्रियसभाको कुल ५६ सिट मध्ये १२ जना महिला निर्विरोध निर्वाचित भएका छन् । भने दलित र अपांग–अल्पसंख्यकबाट दुई गरी १४ जना आजै राष्ट्रिय सभा सदस्यका लागि चुनिन सफल भएका हुन ।
यस्ता छन् निर्विरोध निर्वाचित हुनेहरु
प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)
प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिला कुमारी (संघीय समाजवादी फोरम)
प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)
प्रदेश ७
तारादेवी जोशी (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)