दाङ, १० माघ । दाङको घोराही उपमहानगरपालिका वडा नं. ११ ले वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र सहाराका लागि लौरो प्रदान गरेको छ । वडामा रहेका ६५ जना ज्येष्ठ नागरिकहरुलाई वडा नम्बर ११ ले न्यानो कपडा सँगै लौरो प्रदान गरेको हो ।
वडा अध्यक्ष कुलबहादुर लामीछानेको अध्यक्षता एवं वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरीको समेत उपस्थितीमा ८० बर्ष माथीका ४३ जना ज्येष्ठ नागरिक र ३७ जना ७० बर्ष माथीका दलित तथा एकल महिलाहरुलाई एक एक थान ओड्ना र लौरो प्रदान गरिएको हो ।
वडा सदस्य ज्ञानेन्द्रबहादुर बिसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा पत्रकार पद्मप्रसाद शर्मा, समाजसेवी चित्रबहादुर वली लगाएतकाले जेष्ठ नागरिकलाई सानो सहयोग भए पनि सम्मानको संस्कार भएको बताए । आड्ना र लौरो पाएपछि जेष्ठ नागरिकहरु पनि खुसी भएका छन् ।