इन्द्रेणी संवाददाता
दाङ, ७ माघ । प्रदेश नम्बर पाँचको अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा गएको मंगलवार आह्वान गरिएको अनिश्चितकालीन दाङ बन्द फिर्ता भएपछि यहाँको जनजीवन समान्य बन्दै गएको छ ।

bandaबन्द फिर्ता भएपछि यहाँका बजारहरु खुलेका छन् भने कलकारखाना, शैक्षिक संस्था, यातायातका साधनहरु पनि सञ्चालनमा आएका छन् । आन्दोलनको अगुवाइ गरेको संघर्ष समितिले शनिवार राति ११ बजेदेखि बन्द फिर्ता लिएको हो ।

बन्द फिर्ता भएसँगै बजार कलकारखाना, यातायात, शैक्षिक संस्था सञ्चालनमा आएपछि मानिसको चहलपहल वढ्दै गएको छ । यता संघर्ष समितिले भने आमहड्तालको कार्यक्रम फिर्ता लिए पनि अन्य आन्दोलनका कार्यक्रम भने जारी रहेको बताएको छ ।