इन्द्रेणी संवाददाता
काठमाडौं, २९ पुस । प्रधानन्याधिश गोपाल गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर अन्सन वसेका डा. गोविन्द केसीले आज अन्सन तोडेका छन् ।
स्वास्थ्य मन्त्री दीपक बोहोरा र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने गरी पाँचबुँदे सहमति भएपछि डाक्टर केसीले अनसन अन्सन तोडेका हुन् ।
शुक्रबार साँझ नै सरकारसँग अनसन अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका डाक्टर केसीले आज शनिबार बिहान मात्रै औपचारिक रुपमा अनसन तोडेका हुन् ।
यस्ता छन् पाँचवुदे सहमति
- चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने
- डिन जगदीश अग्रवालको नियुक्ति निरन्तरताका लागि निर्देशन दिनुपर्ने
- आईओएमका अधिकार फिर्तासम्बन्धी सम्झौता कार्यान्वयन गर्न कदम चाल्नुपर्ने
- अधिकार फिर्ताका लागि त्रिवि सिनेट बैठक बोलाउने
- पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारमा बजेट व्यवस्था गर्नुपर्ने











