इन्द्रेणी संवाददाता
काठमाडौँ, २८ पुस । सर्वोच्च अदालतका प्रधानन्याधिस गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन बसेका   त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकार संग पाँच बुँदे सहमति भएपछी अनसन तोड्ने भएकाछन ।

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले भोलि डां केसीले अनशन तोड्ने जानकारी दिनुभयो । उहाँ पाँच दिनदेखि अनशनमा हुनुहुन्छ । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उहाँले अनशन शुरू गर्नुभएको थियो ।

dr govinda kc

सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उहाँलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो । भोलि बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीले अनशन तोड्नु हुने डा सिहले जानकारी दिए ।