दाङ, २८ पुस । चिसोले कठ्याङ्ग्रिएर दाङमा एकजनाको ज्यान गएको छ । मौसम परिवर्तन संगै भएको अत्याधिक चिसोले गडवा गाउँपालिका १ बडराकमका ७१ वर्षीय जोखु चौधरी को ज्यान गएको इलाका प्रहरी र्यालय गढवाले जनाएको छ ।
अविवाहित र अपाङ्गता भएका उनका चौधरी उनका भातिजहरुको संरक्षणमा थिए । भतिजाहरु रोजगारको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि नहुँदा अत्यधिक जाडोमा न्यानो कपडाको अभावले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको स्थानीय नवराज शर्माले जानकारी दिएको प्रहरीले जनाएको छ ।











