इन्द्रेणी संवाददाता
काठमाडौं, २८ पुस । मन्त्री परिषदको आज वसेको बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोक्ने अपेक्षा गरिएको थियो तर त्यो हुन सकेन ।

innnवरु प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्न छोडेर २०३६ मा धनकुटाको छिन्ताङमा सरकारद्वारा मारिएका १६ जनालाई शहीद घोषणा गरेका छन् ।

त्यस्तै आजको मन्त्री परिषदको बैठकले केही महत्वपूर्ण नियुक्ति समेत गरेको छ। बैठकले न्याय सेवाका विशिष्ठ अधिकृतमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा र पुनरावेदन समितिको प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ।