काठमाडौं, २८ पुस । दुईवटा नागरिकता भएको र शैक्षिक योग्यताको प्रमाणपत्रको विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता शैक्षिक प्रमाणपत्रका प्रतिलिपि सार्वजनिक भएका छन् ।
सार्वजनिक भएका प्रतिलिपिमा पराजुलीको जन्म २०१६ वैशाख १६ गते भएको र जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट लिइएको नागरिकताको प्रतिलिपि नम्बर १८०३/४४१/३०१० रहेको छ ।
पहिले लिएको नागरिकतामा जन्ममिति नभएर उमेर मात्रै लेखिएकाले पछि शैक्षिक प्रमाणपत्रको आधारमा जन्ममिति राखेर नागरिकताको प्रतिलिपि बनाएको बुझिएको छ । शैक्षिक प्रमाणपत्रको प्रतिलिपिमा उनले शारदा मावि चितवनमा कक्षा १० सम्म पढेको र वीरगंजको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी उतिर्ण गरेको पाइएको छ ।
पराजुलीले काठमाडौं जिल्ला प्रशासनबाट लिएका नागरिकता, न्यायपरिषदबाट उमेरको सवालमा भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन सर्वोच्चले आदेश दिइसकेको छ ।
