गोविन्द खड्का
घोराही, २७ पुस । प्रशिद्ध पर्यटकिय स्थल बाह्रकुने संग नागेश्वरी जोड्ने सडक स्तर उन्नतीका क्रममा जलुकेको पोखरी जोगाउन स्थानियले आग्रह गरेका छन् । डोजर लाएर पोखरी फुट्ने गरी भित्र गोलिएको भन्दै स्थानियले विरोध जनाएका हुन् । उनिहरुले घोराही उपमहानगरापालिका १८ को उक्त पोखरी पुर्ववत अबस्थाकै बनाई दिन उपभोक्ता समिति संग आग्रह गरेका छन् ।

100_7567बिचमा काठको मौलो गाडिएको उक्त पोखरी त्यस क्षेत्रको प्रतिनिधि हो । यस अघि धेरै पोखरीहरु स्थानिय लोभिहरुले मासि सकेका छन् । पोखरी क्षेत्रका स्थानिय एवं आधारभुति विद्यालय गिठेपानीका व्यवस्थापन समिति अध्यक्ष केशर रावतका अनुसार पहिला धेरै पोखरी पुरेर जग्गा बनाई सके । अब एउटा बा“कि छ त्यसलाई पनि मास्ने गरी गतिविधि गरीएको छ । बाटो निर्माण गर्ने उपभोक्ता समितिमा सरोकार वालालाई पाखा लाएर समस्या आएको बाटो किनाराका वासिन्दा एवं दिदिबहिनी टोलका अध्यक्ष घनबहादुर रावतको भनाई छ । उहाका अनुसार बाटो आसपासका संग छलफलै गरिएन ।

पोखरीको नजिक दुईवटा सडक छन् । एउटा बन्द गरेर भएपनि पोखरी जोगाउनुपर्ने गिठेपानी टोलका अध्यक्ष नुमबहादुर खत्रीले जानकारी दिनुभयो । पोखरी डयाम थप्ने बेलामा भएका भत्काउन उचित नहुने गाउ“ बेसीटोलका अध्यक्ष मेघबहादुर शाहको भनाई छ । पोखरी किनाराका जग्गा वालाले पोखरी मिच्न र आवादी गर्न भत्कीने गरी डोजर लगाउन पठाएको बताईएको छ । पोखरी बचाउन बरु एउटा बाटो बन्द गर्न सकिने तर पोखरी संरक्षण गर्नुपर्ने स्थानियको भनाई छ ।

आवश्यक खर्च व्यहोर्ने गरी पोखरी संरक्षणमा लाग्ने कालिका सामुदायीक वन उपभोक्ता समुहका सचिव दिनेश वलीले जानकारी दिनुभयोे । खरकटि टोलविकास संस्थाका सचिव समेत रहनुभएका वलीका अनुसार हावा पानी, नजिकमा सिंचाई कुलो, गाई वस्तुलाई खुवाउन र धार्मिक कार्यगर्न उपयोगी छ । त्यसलार्ई अझै फराकिलो बनाउनु पर्छ । मास्ने सवाल नउठाउन आग्रह गर्नुभयो ।
सो लगानी बाट बर्षातले बनाएका खाल्टा खुल्टी पुर्ने काम भएको छ । केहि स्थानमा थप कटान नाला निर्माण पनि गरीएको उपभोक्ता

समितिका सदस्य मातृका पाण्डेयले जानकारी दिनुभयो । बाटो आसपासकाले आफ्नो जग्गा काट्न नदिने कुटिल चाल खेलेर ठाउ“ ठाउ“मा समस्या निम्त्याएका छन् । समाजसेवा गर्नेहरुले आफ्नो बचाएर अरुको मास्ने लाछिपन देखाउन नहुने सथानिय बुद्धिजिवि मित्र घर्तिको भनाई छ । उहाका अनुसार मन्दिरको पेटि भत्काएर सुनको गजुर बनाउने कुबुद्धिले काम गर्दैन ।

अहिलेको सुख्खा खडेरीमा पोखरी मास्नु बुद्धि भ्रष्ट हो ।
यसपटक पा“च लाख रुपैया“ खर्च भएको वाटो स्तर उन्नती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर विश्कर्माले जानकारी दिनुभयो । पोखरी क्षेत्रमा डोजर लगाउ“दा क्षति गरेको भए पुनरर्विचार गर्ने विश्वकर्माको भनाई छ । उहाले आफै हेरेर थप मरमत र विकास गर्ने फोन मार्फत जानकारी दिनुभयो । बाटो स्तर उन्नती पछि रझेना, नागेश्वरी, नमछु बोद्ध गुम्वा हुदै बाह्रकुने सम्म सवारी साधन आवतजावत गर्न मिल्ने भएको छ । रानीजरुवा नजिक थप बजेट जरुरी रहेको विकले जानकारी दिनुभयो । त्यहा“को चढाई काटेपछि साना ठुला गाडि थप सजिलै गुड्ने छन् ।