इन्द्रेणी संवाददाता

काठमाडौं, २६ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ। सरकारले यसअघि नै आगामी माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचका मिति तय गरेको थियो ।

बुधबार आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको हो। माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी तालिका सार्वजनिक गरेको छ। उम्मेदवारी दर्ता माघ ७ गते हुनेछ भने माघ १५ गते उम्मेदवारलाई चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। माघ २४ मा मतदान हुनेछ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन नभएसम्म सत्ता हस्तान्तरणमा आनाकानी गरिरहेका छन् । जसका कारण प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचन भएको लामो समय वितिसक्दा पनि सरकार गठन हुन सकेको छैन ।