इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । दाङमा वर्षेनी खेतीयोग्य जमिन घडेरीमा परिनत हुँदैछन् । अझ पछिल्लो चरणमा दाङलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउने हल्ला चलेपछि झनै यो कार्य वढेर गएको छ । अहिले पनि जिल्लाका विभिन्न स्थानमा खेतीयोग्य जमिनलाई खण्डीकरण गरेर वासस्थानमा परिणन गर्ने काम भइरहेको छ ।

फोटो : घोराही–१३ तुरन्तपुरमा खेतमा प्लटिङ हुँदै
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ अनुसार वर्षेनी जिल्लामा कुल खेती योग्य जमिनको दुईदेखि पाँच प्रतिशत खेतीयोग्य जमिन वासस्थानमा परिणत हुँदै आएको छ । प्रदेशको राजधानी बन्ने हल्ला चलिरहेका कारण पछिल्लो चरणमा झन खेतीयोग्य जमिनलाई प्लटिङ गर्ने कार्य वढेको वाली संरक्षण अधिकृत पिताम्बर वस्नेतको भनाइ छ ।
आवश्यकता अनुसार वासस्थानमा पनि जमिन आवश्यक पर्ने भए पनि दाङको पहिचान कृषि भएकाले खेतीयोग्य जमिनलाई घडेरीमा प्लटिङ गर्नु दुर्भाग्य भएको उनको भनाइ छ ।











