नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम ११ रानीपकडमा आज सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नलपरासी पश्चिमकाअनुसार परासीभुमही हुलाकी खडकखण्डमा परासीबाट भूमहीतर्फ आउँदै गरेको लु १ ख ९२३६ नम्बर बस र विपरित दिशातर्फ जाँदै गरेको ना ५ ख ९२४५ को ट्रक एक आपसमा ठक्कर खाँदा बसमा सवार दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बसका सहचालक रामग्राम– ५ बस्ने २६ वर्षीय जीतेन्द्रकुमार पाण्डे र रामग्राम –२ का ३५ वर्षीय अरबिन्द ठाकुर छन् । पाण्डेको उपचारको क्रममा भूमही सामुदायिक अस्पताल र ठाकुरको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका अन्य ६ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते हुनेमा बसचालक रामग्राम –१६ कानदुवाका ३५ वर्षीय हरिनारायण केवट, रामग्राम –५ बस्ने २५ वर्षीय दीपेन्द्र पाण्डे, नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु –११ का १६ वर्षीय अनोज अधिकारी, गोरखा ताक्लुङ –१ का २२ वर्षीय टीकाराम दराई र भारत महाराष्ट्रका २४ वर्षीय विनायक पौवार छन् ।