काठमाडौं, २४ पुस । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले १४ औँ पटक अनसन घोषणा गरेका छन्।
सोमबार दिउसो ४ बजेदेखि अनसन बस्ने उनले घोषणा गरेका हुन्। मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन्।













