दाङ, १८ पुस । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभा सदस्य शंकर पोख्रेलले नेपाली काङग्रेसका पछिल्ला गतिविधी अलोकतान्त्रिक रहेको बताएका छन् । युवा संघ र अनेम संघ दाङले मंगलवार घोराहीमा संयुक्त रुपमा गरेको जनप्रतिनिधीहरुलाई स्वागत सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सो अवसरमा बोल्दै पूर्व सञ्चारमन्त्री समेत रहेका पोख्रेलले नेपाली काङग्रेसका लागि लोकतन्त्र देखाउने दाँत मात्र भएको आरोप लगाए । काङग्रेसले चुनावका वेला वामगठबन्धन प्रति लक्षित गर्दै अधिनायकवादी भनेको कुराको खण्डन गर्दै नेपालका वामपन्थि भन्दा बढी अधिनायकवादी चरित्र नेपाली काङग्रेसले देखाएको पनि बताए । ‘अधिनायकवादी भनेको जनताले मन नपराए पनि सत्ता नछोडने भनेको हो उनले भने, ‘नेपाली काङग्रेसलाई जनताले पराजित गरिसके तर सत्ता छोडदैन् ।’ उनको प्रश्न थियो तपाईहरु भन्नुस, ‘अधिनायकवादी काङग्रेस भयो कि कम्युनिष्ट ?’
वम गठबन्धनका तर्फवाट पाँच नम्वर प्रदेश प्रमुखमा प्रस्तावित नेता पोख्रेलले वर्तमान सरकारले दाङलाई प्रदेश मुकाम तोकेपछि यसलाई स्थायी राजधानी गराउने काम आफ्नो भएको पनि वताए । अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै उनले काङग्रेस अहिले सत्तामा रहेकाले उसले तोक्नुपर्ने उनको दावी थियो । शंकर पोख्रेलले मुख्यमन्त्रीसँग राजधानी साटदैछ भनेर गलत हल्ला फिजाएको भन्दै उनले दाङको विकासका लागि आफूले व्यक्तिगत स्वार्थ सवै त्याग्ने पनि प्रतिवद्धता जनाए । यसैगरी उनले आफू दाङवासी र दाङको विकास र समृद्धिका लागि सदैव लागिरहने जनाए ।
सोही कार्यक्रममा प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसी, प्रदेश सभा सदस्यहरु रेवतिरमण शर्मा, अमरबहादुर डाँगी, उत्तर ओलीलाई खादा, माला र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सो अवसवरमा बोल्दै प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्यहरुले आफूहरु जिल्लाको विकासमा आफ्नो क्षोत्रवाट लाग्ने वताएका थिए । कार्यक्रममा अनेमसंघ सल्लाहकार परिषद अध्यक्ष मेनका पोख्रेल, युवा संघका मध्यपश्चिम संयोजक मनहर बुढाथोकी लगाएतले विजयी प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यहरुलाइए बधाइए तथा धन्यवाद दिएका थिए । कार्यक्रमको सहजिकरण युवा संघका जिल्ला अध्यक्ष मौसमा आचार्यले गरेका थिए ।











