दाङ, १८ पुस । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाले छोरीको जम्न दिएकी छन् । कैदी जीवन विताइरहेकी घोराही उपमहानगरपालिका घर भएकी शारदा खौसिया थारुले मंगलवार छोरीको जन्म दिएकी हुन् ।

baby-mothers-loveगत जेठ महिनामा ठगि मुद्धामा जेल परेकी थारुले मंगलबार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बच्चा जन्माएको तुलसीपुर कारागारका जेलर देवेन्द्र श्रेष्ठले बताए ।

उनले सुत्केरी थारुलाई कारागारभित्र बस्ने गरी व्यवस्था मिलाइएको छ । कैदी बन्दीसँग काम गरिरहेका समाजसेवी टोपबहादुर महतराले थारुको सम्पूर्ण सुत्केरी खर्च आफूले व्यहोर्ने भएका छन् ।