गौशाला, १८ पुस । केही दिनदेखि वढ्दै गएको चिसोका कारण कठ्याङ्ग्रिएर एक जनाको ज्यान गएको छ । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको हो ।

death-586cef03992fc3.75466150मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेककी छन् । सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् ।

त्यहाँ पन्ध्र १६ दिनदेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर, बाक्लो हुस्सुका कारण अत्यधिक चिसो चढेको छ ।