काठमाडौं, १८ पुस । सोमबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

nepal-oilनिगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान एक रुपैयाँ, आन्तरिक हवाई इन्धनमा तीन रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धनमा ५० डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी २५ रुपैयाँ प्रतिसिलिन्डर वृद्धि भएको छ ।

मूल्य बढेपछि आजबाट उपभोक्ताले पेट्रोल एक सय दुई, डिजेल र मट्टीतेल समान ७९ रुपैयाँमा खरिद गर्नुपर्नेछ । खाना पकाउने ग्यास बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धन ९० रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन नौ सय डलर प्रतिकिलोलिटर पुगेको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची बढेर आएकाले मूल्यवृद्धि गरिएको बताए ।