इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । दाङको तुलसीपुरको एक कपास उद्योगमा आगो लाग्दा करीव दश लाख बराबरको क्षति भएको छ । तुलसीपुर–६ स्थित राप्ती कपास उद्योगमा आगो लाग्दा सो क्षति भएको हो ।
आज विहान करीव साढे १० बजेतिर विद्युत सटहुँदा आगो लागेको प्रहरीले जनाएको छ । आगोबाट उद्योगमा रहेका कपास, डस्ना, मेसिललगायका सामनहरु जलेर नष्ट भएको सञ्चालक लोकमान मसुरले बताए । आगो स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।