इन्द्रेणी संवाददाता
काठमाडौं, ११ पुस । नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान एक्कासी बालकोट पुगेकाछन । बाबुराम चुनाव सम्पन्न भएपछी चुनावी जितका लागि बधाई दिन केपी ओली निवास बालकोट पुगेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ बताउदै देश अब आर्थिक बिकास तर्फ़ लम्कने बताएका छन् । दुई पुर्व प्रधानमन्त्री बीच अचानक भएको भेटमा भट्टराईले चुनावी जितका लागि केपी ओलीलाई बधाई र भावी सरकारको नेतृत्वका लागि शुभकामना दिएको जानकारी दिए ।










