दाङ, ९ पुस । पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई दश वर्षभित्रमा मुलुककै पर्यटनको गन्तव्य बनाइने भएको छ । विश्वको अग्लो त्रिशुलका कारण चर्चामा रहेको धारपानीलाई अबको दश वर्षभित्र मुलुककै प्रमुख पर्यटनको गन्तव्य बनाइने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

dharapani-mandirपाण्डवेश्वर मन्दिरको अवस्था बुझ्न पुगेका शान्ति निकेतन विद्यालय घोराहीका विद्यार्थीहरुसँग कुराकानी गर्दै मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले दश वर्षभित्र धारपानीलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजनासहित काम भइरहेको जानकारी दिए।

ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लास रुम आई.एस.ए.प्रोजेक्ट फर ग्लोवल एजुकेशन अन्तर्गतको ‘वेलकम टु घोराही’ कार्यक्रम लिएर पुगेका विद्यार्थीहरुसँग सचिव आचार्यले ७० करोडको बिस्तृत गुरुयोजना निर्माण गरेर मन्दिरको विकासमा लागिपरेको बताए ।
सरकारी निकायबाट २० करोड र दाताहरुबाट ५० करोड संकलन गरेर पूर्वाधार निर्माण गर्ने आचार्यको भनाई थियो ।