दाङ, ९ पुस । उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने बताएका छन् ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङले आज आइतवार घोराहमिा आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्मान कार्यक्रममा नेता महराले सकारात्मक सोचबाट गरिएको सानै कामले पनि समुन्नत समाज निर्माण गर्ने बताए ।
प्रतिनिधिसभाका उम्मेदवार रहेका बखत सबैबाट आशीर्वाद र सहयोग प्राप्त भई आफूले विजय हासिल गर्न सकेको बताउँदै उनले भने अब बन्ने सरकारले मुलुकलाई संमृद्धितर्फ लैजाने दावी गरे । राजनीतिक संक्रमण सकिसकेको भन्दै महराले सबैको प्राथमिकता मृद्धि नै रहेको बताए ।











