उदय बीसी
दाङ, ७ पुस । उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले केही कतै अवरोध नभए अबको तीन साताभित्र नयाँ सरकार गठन हुने बताएका छन् ।

mahara222आज दाङको घोराहीमा प्रेस सेन्टर र प्रेस चौतारी दाङले सयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटनमा महराले पहिले सररकार गठन कि राष्ट्रिय सभा गठनमा केही विवाद रहेको र यो विवाद पनि केही दिनमै समाधान हुने र नयाँ सरकार गठन हुने बताए ।

राष्ट्रिय सभा नभए सरकार बन्दैन भन्ने र त्यसमा एकल संक्रमणीय वा वहुमतीय हुने भन्ने विषयमा केही समस्या उत्पन्न भएकाले त्यो समस्या पनि केही समयमा हटेर जाने र नयाँ सरकार गठन हुने महराले बताए । तर सरकार कुन–कुन दल र कस्को नेतृत्वनमा भन्ने भन्नेबारेमा भने केही बोलेनन् ।

mahara 3333त्यस्तै प्रदेशका मुकाम तोक्ने विषयमा पनि प्रदेश नं. ४ वाहेक अरु सबै प्रदेशमा विवाद भएको उनले बताए । दाङको सन्दर्भमा भने प्रदेश नम्बर ५ को राजधानी बन्ने आधार वलियो भएको बताए । सुरक्षा, विकास लगायतका आधारमा दाङ राजधानीका लागि वलियो भएको उनको दावी छ । ‘विशेष गरी दाङ सुरक्षाको हिसावले प्रदेश नं. ५ को राजधानी बन्ने आधारमा वलियो छ’, उनले भने, ‘यहाँ राजधानी बन्ने सम्भावना धेरै छ, यो हाम्रो दावी पनि हो ।’

माओवादी र एमाले पार्टी एकीकरणको प्रशंगमा नेता महराले पहल दुर्तरुपमा अघि वढिरहेको बताए । माओवादी केन्द्रको बैठकले पार्टी एकताको आधिकारिक निर्णय गरिसकेको र एमालेले पनि आजै आधिकारिक निर्णय गर्ने भन्दै उनले ठूला विषय आगामी महाघिवेशनबाट टुग्गो लगाउने गरी छिटै पार्टी एकताको काम हुने बताए । जसका लागि दुबै पार्टीबीच एक चरणको वार्ता भइसकेको महराले बताए ।

प्रेस सेन्टरका अध्यक्ष डिल्ली मल्लाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रेस चौतारीका प्रेमबहादुर राम्जाले गरेका थिए भने सहजिकरण सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए ।