काठमाडौँ, ५ पुस । काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग भनेर गोली ताक्दा एक महिला घाइते भएकी छन् ।
बुधवार दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगलमा जाँदा मृग भनेर गोली ताक्दा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएकी हुन् । महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको हो । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











